समाज

मुस्ताङमा स्याउ खेतीबाट गतिलो उदाहरण बनेका गुरुङ

मुस्ताङमा स्याउ खेतीबाट गतिलो उदाहरण बनेका गुरुङ

मुस्ताङ । मुस्ताङको घरपझोङ—५ ढुम्बाका कृषक कर्म गुरुङ लगनशीलता, मेहनत र परिश्रमसँगै योजनावद्ध रुपमा काम गर्ने सके लक्ष्य अनुसारको गन्तब्यमा पुग्न सकिन्छ भन्ने गतिलो उदाहरण बनेका छन् ।

पछिल्लो समय पुख्र्यौली बाबु बाजेले अपनाउँदै आईरहेको स्याउ खेती व्यवसायलाई पछ्याउँदै योजनावद्ध रुपमा  मुस्ताङमा कृषि कर्ममा लागेका गुरुङ उदाहरणीय बनेका छन् ।

स्याउ खेतीको विकाससँगै कृषि क्रान्ति ल्याउने परिकल्पनाका साथ कृषि कर्ममा होमिएका कर्मले सामूहिक रुपमा थालेको स्याउ खेती अरुले छाडेसँगै आफूले सम्हाल्दै आएका छन् । 

१३ वर्षको उमेरदेखि स्याउ खेती गर्दै आएका उनले अहिले नयाँ प्रविधि समेत भित्र्याएर खेती गरिरहेका छन् । सडकको पहुँच पुगेसँगै कर्म आधुनिक स्याउ खेतीबाट नाम र दाम दुवै कमाउन सफल भएका छन् । 

कर्म अहिले मुस्ताङका स्याउ किसान मध्ये अब्बल किसानको रुपमा परिचित छन् । स्याउ खेतीमा रमेका कर्म दुई वर्षअिघ पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित समेत भईसकेका छन् । 

जिल्ला र राष्ट्रिय रुपमा स्याउ खेती तर्फ पृथक पहिचान बनाएका कर्म आफ्नो बुवाले अपनाएको स्याउ खेतीको विरासत पछ्याउँदै निकै संघर्ष गरी अहिलेको स्थानसम्म आइपु्गेका हुन् ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *