एजेन्सी । श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमासिंघे पक्राउ परेका छन् ।
पदमा रहदा सरकारी खर्चको दुरुपयोग गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । श्रीलंकाका उच्च प्रहरी अधिकारीका अनुसार, सन् २०२३ को सेप्टेम्बरमा बेलायत भ्रमणका क्रममा उनी आफ्नी पत्नीको सम्मान समारोहमा सहभागी भएका थिए ।
अनतर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार विक्रमासिंघेको उक्त यात्रा नितान्त व्यक्तिगत र पत्नीका सम्पूर्ण खर्चहरू निजी स्रोतबाट व्यहोरेको दाबी गर्दै आएका छन् ।
यद्यपि, प्रहरीको अपराध अनुसन्धान विभागले भने विक्रमासिंघेकोसो यात्राका लागि सरकारी खर्च प्रयोग गरिएको, साथै त्यस क्रममा सुरक्षाकर्मीहरूको तलब तथा खर्च पनि सरकारी ढुकुटीबाट व्यहोरेको आरोप लगाएको छ ।
विक्रमसिंघे सन् २०२२ को जुलाईमा गोटाबाया राजपाक्षेले राजीनामा दिएपछि बाँकी कार्यकालका लागि राष्ट्रपति नियुक्त भएका थिए । गोटाबायाको शासनकालमा व्यापक जनप्रदर्शन, भ्रष्टाचार र कुशासनको आरोप लागेको थियो ।
