मोरङ । मोरङमा विद्युत ट्रान्सफरमर चोरीमा सग्लन १ जना पक्राउ परेका छन ।
रंगेली नगरपालिका ९ स्थित इटाभट्टा टोलमा रहेको खानेपानी आयोजना अन्तर्गतको ट्रान्सफर्मर नजिकैबाट चोरीमा सग्लन एक जना पक्राउ परेका हुन् ।
दुई वटा मोटरसाइकलमा आएका चार जना व्यक्तिमध्ये एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले हेक्सो ब्लेड, सलाई रिन्च, गल्व्स, पिलास, ह्यामर लगायतका औजार सहित प्रदेश १–०२–०५० प ७९०५ नम्बरको मोटरसाइकल बरामद गरेको छ ।
प्रहरीले बरामद सामाग्री र चोरी वा तोडफोड प्रयोजनको लागि प्रयोग गरिन सक्ने आशंका गरेको छ । पक्राउ परेका व्यक्तिलाई आवश्यक अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय रंगेलीमा राखिएको छ ।