समाज

संसद अवरोध जारी रहोस् भन्ने सरकारको चाहना छ : अध्यक्ष दाहाल

संसद अवरोध जारी रहोस् भन्ने सरकारको चाहना छ : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारूढ दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) लाई संसदको अवरोध नखुले हुन्थ्यो भन्ने चाहना रहेको टिप्पणी गरेका छन् । 

मंगलबार चितवनमा प्रेस सेन्टर नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले संसदमा विचाराधीन कानून निर्माण प्रक्रियामा अघि नबढ्न संसद अवरोध रहिरहोस् भन्ने सरकारको चाहना रहेको टिप्पणी गरेका हुन् । 

उनले शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न तथा कानून निर्माण अपरिहार्य रहेको कारण आफूहरुले भिजिट भिसा प्रकरणको अनुसन्धानसँगै अघि बढ्ने निर्णय गरेको पनि बताए । 

उनले संघीय निजामति ऐन, विद्यालय शिक्षा ऐन, नागरिकता ऐन तथा सत्यनिरूपण तथा मेलमिलाप आयोग (टिआरसी) सम्बन्धी बाँकी रहेका कानूनी कार्यहरु टुंग्याउनु आफूहरूको जिम्मेवारी भएको कारण सहमति मार्फत अघि बढेको समेत बताए । उनले आफू नेतृत्वको भुमिकामा रहेकाले अब ऐन निर्माणलाई प्राथमिकतामा राख्दै गम्भीर छानबिनसहितको प्रक्रिया अघि बढाउनुपर्ने अवस्था आएको कारण सहमति गरेको भएपनि गलत व्याख्या गरिएको जिकिर गरे । 

असार १५ गतेसम्म विद्यालय शिक्षा पास गर्न नसके शिक्षा क्षेत्र झन अराजकतातिर धकेलिने उनको भनाइ छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *