मुख्य समाचार

बढ्यो सुनको मूल्य, चाँदी हालसम्मकै उच्च

बढ्यो सुनको मूल्य, चाँदी हालसम्मकै उच्च

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढेको हो ।

मंगलबार  प्रतितोला १ लाख ९५ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन, आज ९ सय रुपैयाँले बढेर १ लाख ९५ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य आज ६५ रुपैयाँले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । चाँदी आज प्रतितोला २२ सय २५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *