मुख्य समाचार

जापानिज इन्सेफ्लाइटिसवाट चितवनमा तीन सातामा चारजनाको मृत्यु

जापानिज इन्सेफ्लाइटिसवाट चितवनमा तीन सातामा चारजनाको मृत्यु

काठमाडौ । चितवनमा जापानिज इन्सेफ्लाइटिसको कारण पछिल्लो तीन सातामा चार जनाको मृत्यु भएपछि नागरिकस्तरमा सन्त्रास बढेको छ । सक्रमणबाट एक दर्जन बढी व्यक्तिको चितवनका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । जापानिज इन्सेफ्लाइटिस संक्रमणको ३० प्रतिशतसम्म मृत्युदर रहेको र बाँचेकामा पनि जीवनभर कुनै न कुनै समस्या रहने गरेकोले अत्यन्तै सजग रहन चिकित्सकले सुझाव दिएका छन ।
जापानिज इन्सेफ्लाइटिसँगै चितवनमा डेंगी र स्क्रवटाइफसको संक्रमण पनि पछिल्लो साता बढ्दो छ । तीव्र शहरीकरण, मानिसको अत्याधिक आवतजावत,भौतिक विकास,पशुपालन र कृषिको पनि उर्वर थलो चितवन भएकोले संक्रामक रोगको पनि राजधानी जस्तै बनेको चिकित्सक बताउछन । 

जापानिज इन्सेफ्लाइटिसबाट चितवनका २ महिला र २ पुरुषको ज्यान गएको छ भने स्क्रव टाइफसको कारण नवलपरासीका एक युवकको चितवनको भरतपुर अस्पतालमा मृत्यु भएको छ । स्क्रव टाइफसका ७३, डेंगीका ४३ र जापानिज इन्सेफ्लाइटिसका १३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *