समाज

पूर्वप्रधानमन्त्री नेपालद्वारा छुवाछूत अन्त्यका लागि योगदान गर्न आह्वान

पूर्वप्रधानमन्त्री नेपालद्वारा छुवाछूत अन्त्यका लागि योगदान गर्न आह्वान

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जातीय छुवाछूत  अन्त्यका लागि आ–आफ्नो ठाउँबाट योगदान गर्न सबैलाई आह्वान गरेका छन् । 

जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले भनेका छन्, “आजको दिनले नेपाली समाजलाई सबै प्रकारका भेदभाव तथा जातीय छुवाछूतबाट पूर्ण रूपमा मुक्ति दिलाउने प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दै जातीय छुवाछूतजस्तो असामाजिक, अमानवीय र घृणित कार्यको अन्त्यका लागि आ–आफ्नो ठाउँबाट ठोस योगदान गर्न सबैलाई हार्दिक अपिल गर्दछु ।”

पूर्वप्रधानमन्त्री नेपालले शुभकामना सन्देशमा मानव सभ्यताको कलङ्कका रूपमा रहेको जातीय विभेद तथा छुवाछूत प्रथाको समूल अन्त्यका लागि कानूनको प्रभावकारी कार्यान्वयन, सामाजिक चेतना र जागरण अभिवृद्धिका लागि निरन्तर क्रियाशील हुन पनि आह्वान गरेका छन् । 
रासस 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *