जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सीमानाकाबाट अवैध रुपमा आयात हुने माछा, अण्डा र कुखुरामा प्रतिवन्ध लगाउन जरुरी रहेको बताएका छन् ।
अवैध रुपमा सीमानाकाट भित्रिएका अण्डा, माछा र कुखुराको मासु खानयोग्य नरहेको बताए। जसका कारणले नेपालमा कृषकलाई पनि समस्या भइरहेको सिंहले उल्लेख गरे । जनकपुरमा शुक्रवार मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै मुख्यमन्त्री सिंहले भारतीय सीमाबाट आउने माछामा फर्मालिनको प्रयोग हुने गरेको पाइएको र त्यसले क्यान्सर निम्तिरहेको उल्लेख गरे ।
मुख्यमन्त्री सिंहले लागुऔषध नियन्त्रण नभए अहिलेको समाजमा ठूलो प्रभाव पर्ने भन्दै प्रहरी समायोजन गर्न पनि माग गरे । सरकारसँग प्रहरी नभएसम्म काम गर्न कठिन हुने सिंहको भनाई छ ।