मुख्य समाचार

पाकिस्तानमा बाढी र पहिरोमा परी ३ सय २४ जनाको मृत्यु

पाकिस्तानमा बाढी र पहिरोमा परी ३ सय २४ जनाको मृत्यु

एजेन्सी । पाकिस्तानको खैबर पख्तुनख्वामा बाढी र पहिरोका कारण ४८ घण्टामा कम्तीमा ३ सय २४ जनाको मृत्यु भएको छ ।  

भीषण वर्षापछि आएको बाढी र पहिरोमा परी पछिल्लो ४८ घण्टामा ३ सय २४ जनाको मृत्यु भएको हो । पाकिस्तान अधिनस्थ जम्मु कश्मीरमा ११ जना र गिलगित बालिस्टान क्षेत्रमा १२ जनाको ज्यान गएको छ । 

अन्तर्राष्ट्रिय सञ्चार माधयमका अनुसार मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका छन् ।  उद्दारमा २ हजारभन्दा बढी मानिस खटिएका छन । उद्दार जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने अधिकारीहरूले जनाएका छन । 

पाकिस्तानी सेनाले प्रभावित क्षेत्रमा ६ सय टन खाद्यान्न पठाएको छ । सरकारले बुनर, बजौर, मानसेरा र बट्टाग्राम जिल्लालाई ‘विपद् प्रभावित क्षेत्र’ घोषणा गरेको छ । स्थानीय बासिन्दाले घटना ‘प्रलयको दिन’ सरह भयावह भएको बताएका छन । 

यसैबीच उद्धारमा प्रयोग भइरहेको प्रान्तीय सरकारको हेलिकोप्टर मौसम खराबी कारण दुर्घटना हुँदा दुई पाइलटसहित पाँच जनाको मृत्यु भएको छ । पाकिस्तानको मौसम विभागले आगामी दिनमा झनै भारी वर्षा हुने चेतावनी दिएको छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *