मुख्य समाचार

भारतको उत्तराखण्डमा आएको भीषण बाढीमा परी ४ जनाको मृत्यु, ५० जना बेपत्ता

भारतको उत्तराखण्डमा आएको भीषण बाढीमा परी ४ जनाको मृत्यु, ५० जना बेपत्ता

एजेन्सी । भारतको उत्तराखण्ड अन्तर्गत उत्तरकाशीको हर्षिल क्षेत्रमा आरीघोप्टे वर्षापछि आएको भीषण बाढीमा परी ४ जनाको मृत्यु भएको छ भने अन्य ५० जना बेपत्ता भएका छन् । 

लेदोसहितको भीषण बाढीले भौतिक संरचनाहरूमा समेत ठूलो क्षति पुर्‍याएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । हर्षिलस्थित भारतीय सेनाको शिविरबाट करिब ४ किलोमिटर टाढा रहेको उत्तरकाशीको धराली गाउँमा आरीघोप्टे वर्षापछि खीर गढ नालीमा भीषण बाढी आएको हो । 

भीषण बाढीपछि गंगोत्री धामसँगको सबै सडक सम्पर्क विच्छेद भएको छ । बाढीग्रस्त क्षेत्रमा प्रहरी, एसडीआरएफ, एनडीआरएफ, सेना र अन्य उद्धारका टोलीहरू परिचालन गरिएको छ । भारतीय सेनाले अहिलेसम्म कम्तीमा १५ जनाको उद्धार समेत गरिसकेको जनाइएको छ । 

उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले सामाजिक सञ्जालमार्फत घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले यस सम्बन्धमा वरिष्ठ अधिकारीहरूसँग सम्पर्कमा रहेको र परिस्थितिलाई नजिकबाट निगरानी गरिरहेको बताएका छन् ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *