मुख्य समाचार

सोलुखुम्बुमा प्रथम अन्तर्राष्ट्रिय रनिङ फेस्टिवल आजपनि

सोलुखुम्बुमा प्रथम अन्तर्राष्ट्रिय रनिङ फेस्टिवल आजपनि

सोलुखुम्बु । सोलुखुम्बुमा दुई दिने प्रथम अन्तर्राष्ट्रिय रनिङ फेस्टिवल शनिबारदेखि शुुरु भएको छ ।

विश्व शान्तिको कामना, थेक्चेन पेमाको चाहाना भन्ने मुल नाराका रनिङ फेस्टिबल शुुरु भएको हो । पहिलो दिन शनिबार पाँच किलोमिटर म्याराथन सम्पन्न भएको छ । जसमा सबै उमेर समूहले सहभागिता जनाएका थिए । कार्यक्रममा हिमाली कला संस्कृति झल्काउने सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको छ । 

कार्यक्रम अन्तर्गत आज ४२ किलोमिटर दौड प्रतियोगिता हुने आयोजक थेप्चेन  पेमा छोलिङ गुम्बाले जनाएको छ । आज नै फाइनल म्याराथन हुनेछ । फेस्टिबलमा ११ दशमलव ११ किलोमिटर लामो सर्लेरी हेरिटेज ट्रेल यात्रा समेत आयोजना हुनेछ । 

स्थानीय समुदायको आफ्नो मौलिक भेषभुसा, कला संस्कृति जर्गेना गर्न उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो  । यसले युवापुस्तामा कला संस्कृतिको पुस्तान्तरण र हिमाली भेषभुषा र संस्कृतिको संवद्धन गर्न सघाउ पुग्ने विश्वास लिइएको छ । 

साथै बैशाख २९ गतेसम्म विभिन्न कार्यक्रमको आयोजना हुने आयोजकको भनाइ छ । सोमबार बुद्ध जयन्ती उत्सव समारोह, र हिमाली कला सम्मेलन हुने छ । प्रतियोगिताको आयोजक थेप्चेन पेमा छोलिङ गुम्बा रहेको छ भने सोलखुम्बुको सोलु दुधगुण्ड नगरपालिका लगायतका संघसंस्थाले सहकार्य गरेका छन् ।

बोर्डकास्टिङ मिडिया पार्टनरको रुपमा एभिन्युज खबर रहेको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *