Siddarth bankविज्ञापन
मुख्य समाचार

इजरायली सेनाले गाजाको सहायता वितरण स्थल नजिकै गोली प्रहार गर्दा ५१ जनाको मृत्यु

इजरायली सेनाले गाजाको सहायता वितरण स्थल नजिकै गोली प्रहार गर्दा ५१ जनाको मृत्यु

एजेन्सी । इजरायली सेनाले गाजाको सहायता वितरण स्थल नजिकै गोली प्रहार गर्दा ५१ जनाको मृत्यु भएको छ । 

उक्त घटनामा २ सय बढी घाइते भएका छन् । प्यालेष्टेनी बिद्रोही समुह हमासले सञ्चालन गरेको नागरिक रक्षा एजेन्सीका अनुसार इजरायली सेनाले गाजाको खान युनिस शहर नजिक गोली प्रहार गरेको हो । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार इजरायली सेनाले गाजाका विभिन्न शहरमा श्र्रृखलाबद्ध रुपमा गोली प्रहार गर्दै आएको छ । इजरायलले ड्रोन र क्षेप्यास्त्र प्रहार गरेको केही समयमै इजरायली ट्याँकबाट गोली प्रहार भएको हो । गोलाबारीमा घाइते भएकाहरुका कारण गाजामा रहेको नासेर अस्पताल भरिएको छ । 

यसैबीच संयुक्त राष्ट्र संघीय मानवअधिकार प्रमुख भोल्क्र टर्कले इजरायलले खान युनिस शहरलाई निशाना बनाएको भन्दै इजरायलको भत्र्सना गरेको छ । इजरायलले भने इरान संगसंगै हमासबिरुद्ध पनि युद्ध जारी रहेको भन्दै हमासलाई निमिट्यान्न पार्ने चेतावनी दिएको छ ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *