समाज

‘नेपालका विभिन्न समुदायका चाडपर्व, धर्म, संस्कृतिले पारस्परिक सम्मान र एकताको सन्देश दिन्छ’

‘नेपालका विभिन्न समुदायका चाडपर्व, धर्म, संस्कृतिले पारस्परिक सम्मान र एकताको सन्देश दिन्छ’

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका विभिन्न समुदायका चाडपर्व, धर्म, संस्कृति, रीतिरिवाज र परम्पराले पारस्परिक सम्मान, सहिष्णुता र एकताको सन्देश दिएको बताएका छन् ।

बकर इदको अवसरमा शुभकामना व्यक्त गर्दै उनले नेपालको संविधानले गणतन्त्र, सङ्घीयता, समावेशिता, समानता, धर्मनिरपेक्षता र कानूनी राज्यको आधारमा सबै नेपालीनागरिकको अधिकार सुनिश्चित गरेको उल्लेख गरेका छन् ।

सभामुख घिमिरेले संविधान सम्पूर्ण नेपालीको साझा दस्तावेज भएकाले यसले सबै धर्म, जात, संस्कृतिर समुदायको सम्मान र संरक्षण सुनिश्चित गरेको पनि बताएका छन् ।

उनले भनेका छन्– ‘हाम्रो राष्ट्र बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहु–भेशभूषायुक्त सामाजिक संरचनाले बनेको सुन्दर फूलबारी हो, हाम्रो सामाजिक विविधताभित्र रहेको एकतार सहअस्तित्वको भावना नै हाम्रो राष्ट्रियताको मेरुदण्ड हो, एक–अर्काप्रतिको सम्मानर सद्भावले हाम्रो राष्ट्रिय भावना, अखण्डता र सार्वभौमिकता अझ सशक्त भएको छ ।’

सभामुख घिमिरेले बकर इदले सबै नेपालीमा पारस्परिक सद्भाव, आपसी विश्वास र सहकार्यलाई अझ मजबुत बनाउँदै समृद्ध नेपाल निर्माण गर्ने प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *