मुख्य समाचार

एघार हजार कैदीबन्दी फरार

एघार हजार कैदीबन्दी फरार

काठमाडौ । मुलुकमा सृजित विषम परिस्थितिको अनुचित फाइदा उठाउँदै देशका विभिन्न स्थानमा रहेका कारागार तोडेर कैदीबन्दी भगाउने र फरार हुने क्रम बढेको छरु। कारागार व्यवस्था विभागका अनुसार काठमाडौँको सुन्धारास्थित केन्द्रीय कारागार तोडफोड गरी पूर्वमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृह सचिव टेकनारायण पाण्डेसहित तीन हजार ४५० कैदी फरार भएका छनरु। कारागार व्यवस्था विभागका अनुसार हालसम्म कम्तीमा ११ हजार ५०५ जना कैदीबन्दी विभिन्न जेल तोडेर फरार भएका छनरु। राजधानीको केन्द्र सुन्धाराबाट सबैभन्दा बढी कैदी फरार भएका हुन ।  त्यसै गरी गम्भीर प्रकृतिको अपराधमा संलग्न हुने कैदी राखिने सुनसरीको झुम्का कारागारबाट मात्र एक हजार ५७२ जना फरार भएका छन रु। मङ्गलबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कारागारबाट बाहिरिएपछि नख्खु कारागारमा रहेका अन्य एक हजार २७२ जना कैदी जेल तोडेर फरार भएका थिएरु। उनीहरू फरार भएको सूचना बाहिरिएपछि अन्य कारागार तोडफोड गर्ने क्रम बढेको होरु। लुम्बिनीमा जेनजी आन्दोलनको अवसर छोपेर देशका विभिन्न कारागार र सुधारगृहबाट एक हजार दुई सयभन्दा बढी कैदीबन्दी फरार भएका छन रु। दाङको तुलसीपुर कारागारबाट २५३ जना कैदीबन्दी भागेकामध्ये ४० जनालाई मात्र नियन्त्रणमा लिइएको छरु। कपिलवस्तुको तौलिहवास्थित कारागारबाट बुधबार बिहान करिब ४३५ कैदीबन्दी फरार भएका छनरु। पश्चिम नवलपरासीको परासीस्थित कारागारमा रहेका ५७६ मध्ये पाँच सयभन्दा बढी कैदीबन्दी बुधबार बिहानै गेट फोडेर भागेका छनरु। बाँकेको बैजनाथ गाउँपालिकास्थित नौबस्ता बाल सुधारगृहमा मङ्गलबार राति सुरक्षाकर्मी र बालबन्दीबिच झडप हुँदा पाँच बालबन्दीको मृत्यु भएको छरु। आन्दोलनकारीले मङ्गलबार राति जिल्ला कारागार कास्कीका दुई नाबालक र ३५ महिलासहित ७ सय ७३ जना कैदीबन्दी निस्किएपछि कास्की कारागार खाली भएको छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *