समाज

खेती गर्ने समयमा मल अभाव भएपछि किसान निरास

खेती गर्ने समयमा मल अभाव भएपछि किसान निरास

काभ्रे । खेती गर्ने समयमा मल अभाव भएपछि काभ्रेका किसानहरु निरास भएका छन । 

रोपाइँको मुख्य सिजन शुुरु भइसकेको अवस्थामा समेत धान र मकै जस्ता प्रमुख बालीहरूका लागि आवश्यक रासायनिक मल नपाउँदा किसान मारमा परेका हुन् । मल नपाउँदा उत्पादनमा ठूलो असर पर्ने चिन्ता किसानको छ । 

कृषि सामग्री कम्पनी लिमिटेडका कार्यालय धुलिखेलले काभ्रे लगायत सिन्धुपाल्चोक, दोलखा र रामेछाप जिल्लाको लागि मल उपलब्ध गराउँदै आएको छ । कोटा सिष्टम लागू गरेपछि माग अनुसारको रासायनिक मल उपलब्ध गराउन नसकेको कार्यालयको भनाइ छ । 

काभ्रेमा कोटा प्रणली लागू नहुने बेलामा १९ हजार मेट्रिक टन सम्म खपत हुन्थ्यो । तर, अहिले मुस्किलले ५÷६ हजार मेट्रिक टन मात्र काभ्रेको गोदाममा आइपुग्ने गरेको छ । मल आएकै दिन गोदामबाट सहकारीहरुले लैजाने गरेका छन् ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *