मुख्य समाचार

युद्ध विरामका लागि वार्ता गर्न इजरायलले प्रतिनिधि कतार पठाउने

युद्ध विरामका लागि वार्ता गर्न इजरायलले प्रतिनिधि कतार पठाउने

एजेन्सी । इजरायली  प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजामा युद्ध विरामका लागि प्रस्तावित सम्झौतामाथि छलफल गर्न इजरायलले वार्ता टोली कतार पठाउने घोषणा गरेका छन्।

शनिबार राति जारी गरिएको प्रधानमन्त्री कार्यालयको वक्तव्यमा नेतन्याहुले वार्ताका लागि आएको निमन्त्रणा स्वीकार गर्दै वार्ता टोलीलाई कतार पठाउने निर्देशन दिएको हो । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार शुक्रबार राति हमासले ६० दिने युद्ध विरामको प्रस्तावमा सकारात्मक भएको तथा वार्ताका लागि पनि तयार भएको जानकारी दिएको थियो।

वार्ताको पहल भइरहे पनि गाजामा इजरायलले आक्रमण छाडेको छैन। शनिबार भएको आक्रमणमा ३५ प्यालेस्टाइनीको ज्यान गएको समाचारमा उललेख छ ।  

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *