मुख्य समाचार

इजरायलद्वारा गाजामा भीषण हवाई आक्रमण

इजरायलद्वारा गाजामा भीषण हवाई आक्रमण

काठमाडौं । इजरायलले गाजामा भीषण हवाई आक्रमण गरेको छ । 

इजरायली सेनाले गाजा कब्जा गर्ने तयारी स्वरुप आक्रमण तिब्र बनाएको हो । केही दिनअघि मात्र इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले गाजा नियन्त्रणमा लिने प्रस्तावन अनुमोदन गरेको थियो । 

हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सीका प्रवक्ता महमुद बसलले जैतुन र साब्राको आवासीय क्षेत्रमा तीन दिनसम्म बम र ड्रोन आक्रमण भएको बताएका छन् । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार बेलायत, युरोपेली संघ, अस्ट्रेलिया, क्यानडा र जापानले विज्ञप्ति गाजामा आँखै गाडी अनिकाल मडारिरहेको भन्दै चिन्ता प्रकट गरेका छन् । गाजामा भोकमरी रोक्नको लागि कदम चाल्न पनि अपिल गरेका छन । गाजामा राहत सामग्री लान ‘तत्काल, स्थायी र ठोस कदम’ चाल्न पनि उनीहरुको माग छ । इजरायलले भने गाजामा भोकमरी नभएको दाबी गरेको छ । 

सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गर्दा १ हजार २०० भन्दा बढी मानिस मारिएका थिए भने २५१ जनालाई बन्धक बनाइएको थियो । त्यसयता इजरालयले निरन्तर गाजामा आक्रमण गर्दै आएको छ । 

गाजामा इजरायली आक्रमणमा ६१ हजार प्यालेस्टिनी मारिएका छन् । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *