समाज

चक्रे मिलनसहित १९ जनाविरुद्ध अभद्र व्यवहार कसुरमा अनुसन्धान, ७ दिन थुनामा राख्न म्याद थप

चक्रे मिलनसहित १९ जनाविरुद्ध अभद्र व्यवहार कसुरमा अनुसन्धान, ७ दिन थुनामा राख्न म्याद थप

काठमाडौं । गुण्डा नाइके भनेर चिनिएका चक्रे मिलन भनिने मिलन गुरुङसहित १९ जनालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला प्रशासनले अनुमति दिएको छ । 

बिहीवार राति महाराजगञ्जको एक होटलमा जन्मदिन मनाइरहेका बेला प्रहरीले चक्रेसहित ४७ जनालाई पक्राउ गरेकोमा २८ जनालाई छाडेको थियो । बाँकी १९ जनालाई अभद्र व्यवहारको कसुर गरेको आरोपमा अनुसन्धान गर्नुपर्ने देखिएको भन्दै प्रहरीले हिरासतमा राख्न म्याद मागेको थियो । 

पहिलो पटक अभद्र व्यवहारको कसुरमा अनुसन्धान भएकाहरूको मुद्दा प्रमुख जिल्ला अधिकारीले हेर्ने व्यवस्था छ । प्रशासनको अनुमतिसँगै चक्रेसहित गणेशबहादुर बोगटी, निराजन पौडेल, रोशन सुवेदी, राजेश खड्का, सन्दिप केसी, राहुल खड्का कम्तीमा ७ दिन हिरासतमा बस्नेछन् ।

त्यस्तै, यामु पौडेल, सौरभ सुनार, डिल्लीराज कँडेल, ऋतिक लामा, चन्द्रदेव कार्की, जीतबहादुर लामा, प्रकाश गोले, अमिर आले मगर, उत्तम महर्जन, प्रनिश केटल, राजु परियार र सफल शाही पनि हिरासतमा रहनेछन् । 

मध्यराति जन्मदिन पार्टी मनाउने नाममा होहल्ला गरेको भन्दै प्रहरीले उनीहरुलाई समातेको थियो । पक्राउ परेका अन्य कोही होटलमा आएका ग्राहक समेत भएको पाइएको र कतिपय असंलग्न व्यक्ति भएको पाइएको प्रहरीको भनाइ छ ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *