समाज

बाढीले डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध, यातायात प्रभावित

बाढीले डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध, यातायात प्रभावित

काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको विनयी खोलामा डाइभर्सन बाढीले बगाउँदा सवारी आवागमन प्रभावित भएको छ । 

सोमबार राति परेको पानीले डाइभर्सन बगाएपछि पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटबल सडकखण्ड अवरुद्ध भएको हो । बाढीले विनयी त्रिवेणी गाउँपालिकाको विनयी खोलाको डाइभर्सन बगाउपछि रातिदेखि नै सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

वर्षातका कारण अचानक पानीको बहाव बढ्न गई डाइभर्सन माथिबाट पानि बगेपछि राजमार्ग बन्द भएको हो । डाइभर्सन मर्मत गरी यातायात सञ्चालनको प्रयास भइरहे पनि बाढीको बहाव नघटेकाले समस्या भएको बताइएको छ । 

गत पुस २६ गते भारतीय हेवी ट्रक पास हुने क्रममा दुम्किवास स्थित विनयी खोलाको पुरानो पुल भाँचिएपछि डाइभर्सनको भरमा यातायात सञ्चालन हुँदै आएको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *