मुख्य समाचार

अफगानिस्तानका भूकम्पपीडित खाना र आश्रयविहीन

अफगानिस्तानका भूकम्पपीडित खाना र आश्रयविहीन

एजेन्सी । पूर्वी अफगानिस्तानका भुकम्प पीडितसम्म अझै राहत पुग्न सकेको छैन । 

८ सय भन्दा बढी मानिसको मृत्यु र हजारौं घाइते भएको भूकम्प प्रभावित क्षेत्रमा अझै उद्दारकर्मी पुग्न नसकेका हुन् । पीडितहरूले पहिलो रात खुला आकाशमुनि बिताएका छन । 

आइतबार मध्यरात करिब पौने १२ मा गएको ६ म्याग्नीच्यूडको भूकम्पका कारण पहाडी क्षेत्रमा रहेका कच्ची घरहरू भत्किएपछि सुतेका परिवारका सयौँ सदस्य हताहत भएको  जनाइएको छ ।

अनतर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार आईतबार राती छ माग्निच्युडको भूकम्पले गर्दा सम्पूर्ण गाउँहरू नै ध्वस्त भएकाले मृतकको संख्या निकै बढ्न सक्ने बताइएको छ । धेरै राष्ट्रहरूले सहयोगको प्रतिबद्धता जनाएपछि प्रभावित क्षेत्रसम्म पुग्न समस्या भएको बताइएको छ । 

चीन, भारत, बेलायत र स्विजरल्याण्ड लगायतका धेरै राष्ट्रहरूले सहयोग गर्ने बताएका छन । सडकहरू अवरुद्ध भएकाले राहत र उद्दार अघि बढन नसकेको हो ।  

यसअघि सन् २०२३ मा, हेरात प्रान्तमा गएको भूकम्पमा एक हजार मानिसको मृत्यु भएको थियो । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *