मुख्य समाचार

फ्रान्समा अत्याधिक गर्मी

फ्रान्समा अत्याधिक गर्मी

फ्रान्स । फ्रान्समा पछिल्ललो समय अत्यधिक गर्मी बढेको छ । 

गर्मी बढेपछि फ्रान्समा आगलागिका घटनाहरु बढेका छन् । रेलका लिकहरुमा आगलागि फैलीएकोले कतिपय रेल लाईनहरुले बन्द भएका छन् । बिजुलीका तारहरु लच्केर बिद्युत् अवरुद्ध भएको छ ।

फ्रान्सका कतिपय स्कुलहरु बन्द गरिएका छन् भने नगरपालिकाका सभा कक्ष, खेलकुद कक्षहरुमा अवस्था हेरेर सञ्चालन गर्ने गरिएको छ । गर्मीका कारण याँहा काम गर्ने कामदारहरुको पनि समय तालिका परिवर्तन गरिएको हो ।

फ्रन्समा गर्मी बढेसँगै एकल बृद्दाहरुलाई तिर्खा लागेको थाह पाउँदैनन् भनेर नगरपालिको कर्मचारीहरुले फोन गरेर पानी पिउन आग्रह गरिरहेका छन् । रेल्वे स्टेसन र चोक चोक मा सरकार ले निसुल्क पानी बितरण गरेको छ भने विभिन्न सञ्चार माध्याम बाट जनचेतना मुलक सन्देश प्रवाह गरेको पाइन्छ । 

अस्पतालहरु गर्मीका कारण बिरामीहरुको चाप बडेको पनि पाइएको छ । फ्रान्समा हाल ४० डिग्री आसपास तापक्रम रहेको छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *