बागलुङ । पाँच वर्ष अगाडिसम्म गोठाला र वस्तुभाउ मात्रै बस्ने बागलुङ र म्याग्दीका बुकीपाटनमा अहिले आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ ।
समुन्द्रि सतहदेखि चार हजार मिटरभन्दा अग्ला पहाडमा हिजोआज पदयात्रा जाने पर्यटकको संख्या बढ्दै गएको हो । बुकी पाटनको उच्च पहाडी हावापानी, शान्त वातावरण र मनमोहक दृश्यले पर्यटकलाई आकर्षित गरिरहेको हो ।
गाउँबाट होस् या शहरबाट युवाहरुको जमातले बुकीपाटन उक्लिने पदमार्गमा चहपलह उत्तिकै देखिन थालेको छ । सामाजिक सञ्जाल र सञ्चार माध्यमबाट बुकीपाटनको व्यापक रुपमा प्रचारप्रसार हुन थालेपछि हिजोआज पदयात्रा गर्ने पर्यटको संख्या बढेको हो ।
बुकीपाटनमा पुग्ने पर्यटकले नजिकैबाट दर्जनौँ हिमश्रृङ्खला, गोठाले जीवन देख्न र अनुभूति गर्न पाइने र गर्मी याममा सितला हुने हुँदा युवाहरु पनि यहाँ ट्रेकिङमा जाने गरेका छन् । ढोरपाटन उपत्यकाबाट करिब साढे चार घण्टाको पैदल यात्रामा पुग्न सकिने बुकीबाटन तीन हजारदेखि चार हजार ५०० मिटरको उचाईसम्म पर्छ ।
यो याममा बुकीपाटन बढी मनमोहक हुने हुँदा पदयात्रमा जाने पयटक बढी जाने गर्दछन । पछिल्लो समय बुकीपाटन जाने पर्यटकको संख्या बढ्दै गएपछि गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको २० लाखमा पदमार्ग लगायतका पूर्वधार निर्माण छ ।
ढोरपाटन नगरपालिका–९ पाखाथरदेखि गर्पाछेडासम्मको पाँच किलोमिटर पदमार्ग निर्माण गरिए छ ।