मुख्य समाचार

इजरायली सेनाले गाजामा गरेको आक्रमणमा ८१ जनाको मृत्यु

इजरायली सेनाले गाजामा गरेको आक्रमणमा ८१ जनाको मृत्यु

एजेन्सी । इजरायली सेनाले गाजामा गरेको आक्रमणमा ८१ जनाको मृत्यु भएको छ । 

मारिनेमा अधिकांश बालबालिका रहेका छन् । गाजाको सबैभन्दा ठुलो एन्क्लेभ शहर केन्द्रित गरी गरिएको आक्रमणमा ५० जना भन्दा बढी घाइते भएका हुन् । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार गाजा शहर पुन कब्जा गर्ने इजरायली योजना सार्वजनिक भएको केही समयमा नै इजरायली सेनाले आक्रमण गरेको हो । आक्रमणका कारण सो शहरका अधिकांश भवनहरु ध्वस्त भएका छन् । 

गाजाको मुख्य शहरका रुपमा रहेको एन्क्लेभ लक्षित इजरायलको यो पहिलो आक्रमण हो । एकातिर इजरायलले आक्रमण गरिरहंदा एन्क्लेभ शहरमा तीन प्यालेस्टिनीहरूको भोकमरीका कारण मृत्यु भएको छ । 

गाजाका थप सेना र बख्तरबन्द गाडीहरु तैनाथ गरेपछी गाजाबासीहरु थप त्रसित बनेका छन् भने सयौं रातारात गाजाबाट पलायन भएको समाचारमा उल्लेख छ  ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *