मुख्य समाचार

राज्य व्यवस्था तथा सुशासन समितिमा न्यौपाने निर्विरोध

राज्य व्यवस्था तथा सुशासन समितिमा न्यौपाने निर्विरोध

काठमाडौ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले आज सभापति पाउदैछ । समितिको सभापतिमा सांसद ईश्वरीदेवी न्यौपानेको मात्र एकल उम्मेदवारी परेकाले उनी  निर्विरोध भइसकेकी छन् । न्यौवाने सभापति भएको आज समितिमा औपचारिक घोषणा हुनेछ । संसदीय सुनुवाई समिति सभापतिबाट राजीनामा दिएर न्यौपानेले राज्य व्यवस्था समितिको सभापतिमा उम्मेदवारी दर्ता गरेकी हुन । उनको प्रस्तावक कांग्रेस सांसद रामहरि खतिवडा र समर्थकमा एमाले सांसद कृष्णगोपाल श्रेष्ठ रहेका छन । यसअघि कुलिङ अफ पिरियड छेड्खानी प्रकरणमा संसदीय समितिले नैतिक एवं राजनीतिक जिम्मेवार ठहर गरेपछि सभापति खतिवडा राजीनामा दिएका थिए । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *