एजेन्सी । इन्डोनेसियाका सांसदहरुको तलब सुबिधा बढाएको भन्दै व्यापक बिरोध प्रदर्शन भएको छ ।
इन्डोनेसिको संसद भवन अगाडि भेला भएका सयौं प्रदर्शनकारीहरुले सरकारविरुद्ध चर्को नाराबाजी गर्दै बिरोध प्रदर्शन गरेका हुन् ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार इन्डोनेसियमा सांसदहरुको तबल सुबिधाको विरुद्धमा भएको यो दोस्रो ठूलो विरोध प्रदर्शन हो । इन्डोनेशियाका राष्ट्रपति प्रबोवो सुबियान्तो सत्तामा आएदेखि सांसदहरुको तलवमा बृद्धि गरेको भन्दै बिरोध प्रर्दशन भएको हो ।
आन्दोलनकारीहरूले सांसदहरूलाई दिइने तलब, भत्ता र सुविधा आवश्यकताभन्दा बढी भएकोमा कटौती नगरेसम्म आन्दोलन जारी राख्ने जनाएका छन् । प्रदर्शनमा बिद्यार्थीहरुको पनि सहभागीता रहेको छ । प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीहरुबीच झडप हुँदा केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसअघि गत सोमबार भएको प्रदर्शनमा प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेर भीडलाई तितरबितर पारेको थियो र ३ सय जना बढीलाई पक्राउ गरेको थियो ।