मुख्य समाचार

म्यानमारको सैनिक सरकारद्वारा संकटकाल अन्त्य

म्यानमारको सैनिक सरकारद्वारा संकटकाल अन्त्य

एजेन्सी । म्यानमारको सैनिक सरकारले चार वर्षे लामो संकटकाल अन्त्य गरेको छ । 

आगामी डिसेम्बरमा आमनिर्वाचन गराउनका लागि बिहीबार संकटकाल हटाइएको हो । 

अनतर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार सैनिक प्रवक्ता जाव मिन तुनले बहुदलीय प्रजातन्त्र स्थापनाका लागि ६ महिनाभित्र निर्वाचन गराउने बताए । सेनाले निर्वाचन मिति भने तोकेको छैन । 

निर्वाचनका लागि दल दर्ता भने भैरहेको छ । सेनाले सन् २०२१ फेब्रअरीमा प्रजातान्त्रिक नेतृ आङ सान सुकीको निर्वाचित सरकारलाई अपदस्थ गर्दै सत्ता हातमा लिएपछि म्यानमारमा राजनीतिक अस्थिरताको अवस्था रहेको छ । 

नागरिक सरकारलाई अपदस्थ गरेयताको गृहयुद्धमा हजारौँ मानिसको मृत्यु भएको छ । कयौं मानिस अझै जेलमा रहेको समाचारमा उल्लेख छ ।  

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *