Siddarth bankविज्ञापन
मुख्य समाचार

रोजगारी तथ्याङ्क कमजोर देखिएपछि विभाग प्रमुखलाई बर्खास्त गर्न ट्रम्पको निर्देशन

रोजगारी तथ्याङ्क कमजोर देखिएपछि विभाग प्रमुखलाई बर्खास्त गर्न ट्रम्पको निर्देशन

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कमजोर रोजगारी वृद्धिको तथ्याङ्क सार्वजनिक भएपछि श्रम तथ्याङ्क आयोगकी प्रमुख एरिका म्याकएन्टारफरलाई तुरुन्त बर्खास्त गर्न निर्देशन दिएका छन् । 

ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत जो बाइडेनले नियुक्त गरेका राजनीतिक अधिकारीलाई तुरुन्त हटाउन निर्देशन दिएका हुन् । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अमेरिकामा शुक्रबार सार्वजनिक तथ्याङ्क अनुसार मे, जुन र जुलाई महिनामा रोजगारी वृद्धिको दर अघिल्ला अनुमानभन्दा धेरै कम देखिएपछि अर्थतन्त्रका लागि चिन्ताजनक मानिएको छ । त्यसैलाई लिएर ट्रम्पले म्याकएन्टारफरलाई बर्खास्त गर्न निर्देशन दिएका हुन् ।

उनले प्रमाण नदेखाई म्याकएन्टारफरमाथि रोजगारीका तथ्याङ्कलाई चुनावअघि हेरफेर गरेर उपराष्ट्रपति कमला ह्यारिसको जित सम्भावना बढाउने प्रयास गरेको आरोप पनि लगाएका छन् । उनले निष्पक्ष र सत्य तथ्याङ्क अत्यावश्यक रहेको बताउँदै राजनीतिक लाभका लागि तथ्याङ्क हेरफेर गर्न नहुने पनि बताएका छन् ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *