पर्वत । आधुनीक भट्टी निर्माण गरेपछि पर्वतको अलैची पकेट क्षेत्रका किसानलाई अलैची प्रसोधन गर्न सहज भएको छ ।
सामान्य भट्टीमा भन्दा आधुनिक भट्टीमा सुकाईएको अलैची राम्रो र गुणस्तरीय भएको किसानको भनाइ छ । मुल्य अनुकुल भएको समयमा विक्रि गर्न मिल्ने, बाँदर लगायत वन्यजन्तुले क्षति नगर्ने र बाँझो पाखोबारीमा पनि खेती गर्न सकिने भएकाले पवर्तमा अलैची खेती गर्ने किसान बढेका छन् ।
औषधीय गुण हुने मसला बालीको रुपमा खेती गरीने अलैचीको गुणस्तर कायम राख्न प्रदेश सरकारको सहयोगमा आधुनिक भट्टी निर्माण गरिएको हो । पर्वतका भुक, ताङले, क्याङ , वनौ लगायतका धेरै अलैची खेती भएका स्थानहरुमा चार स्थानमा अलैची प्रसोधन भट्टी निर्माण गरिएका छन् ।
अलैची साउनदेखी मंसीरसम्म टिप्ने गरिएको छ । पर्वतमा मोदी कुश्मा फलेवासका विभिन्न वडामा गरी ३७ मेट्रिक टन सम्म अलैची उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्रको तथ्यांक छ ।