स्थानीय खबर

चाडपर्वको बेला साप्ताहिक हाटबजारमा निकै भिडभाड

चाडपर्वको बेला साप्ताहिक हाटबजारमा निकै भिडभाड

नवलपुरमा अन्य समय खासै चहलपहल नहुने ग्रामीण क्षेत्रका साप्ताहिक हाटबजार चाडपर्वको बेलामा भने निकै भिडभाड हुने गरेको छ । ग्रामीण उपभोक्तालाई लक्षित गर्दै सञ्चालनमा आएका स्थानीय हाटबजारहरु चाडपर्वको बेला यहाँ उपभोक्ताको प्रमुख रोजाइँमा पर्ने गरेका छन् । तिहारमा घरपरिवारबाट टाढा रहेका मानिसहरु गाउँमा फर्किएपछि स्थानीय हाटबजार किनमेलको केन्द्र बनेको छ । बुधबार यमपञ्चकको चौथो दिन कावासोती–१५ को गोडारमा लागेको हाटबजार उपभोक्ताले भरिभराउ देखिएको छ । भाइटीकालाई आवश्यक पर्ने सप्तरङ्गी टीका, झिलिङ्गा रोटी, ओखर, मिठाइँ, फलफूल र उपहारका सामग्री खरिदका लागि हाटबजारमा स्थानीय उपभोक्ता पुगेका हुन् । अन्य समयमा खासै हाटबजार नजाने उपभोक्ता समेत दाजुभाइ तथा दिदीबहिनीलाई दिने उपहार खरिदका लागि हाटबजार पुग्ने गरेका छन् । 
चाडपर्वको बेलामा हाटबजारमा उपभोक्ताको आकर्षण बढी हुने भएकाले अन्य व्यावसायीसमेत खुसी देखिन्छन् । अन्य समयमा व्यापार कम हुने भए पनि तिहारको अघिल्लो दिन परेको हाटबजारमा व्यापारीहरुलाई भ्याइनभ्याइ भएको छ । 
कावासोती नगरपालिकाकी नगर उपप्रमुख फूलकुमारी थनेतले नगर क्षेत्रभित्र लाग्ने हाटबजारलाई पालिकाले प्रवद्र्धन गर्ने नीति लिएर ग्रामीण क्षेत्रमा हाटबजार सञ्चालन गर्न दिइएको बताइन् । 
हाटबजारबाट स्थानीयले सहुलियत दररेटमा सामान खरिद गर्न पाउनुका साथै आफूले उत्पादन गरेको सामग्रीसमेत बिक्री गर्न पाउने तथा पालिकालेसमेत राजस्व संकलन गर्ने भएकाले हाटबजारले सबैलाई सहज भएको छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *