समाज

बागमतीका मुख्यमन्त्रीद्वारा मन्त्रिपरिषद विस्तार, तीन जना नयाँ मन्त्रि नियुक्त

बागमतीका मुख्यमन्त्रीद्वारा मन्त्रिपरिषद विस्तार, तीन जना नयाँ मन्त्रि नियुक्त

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङ ले मन्त्रिपरिषद् विस्तार गरेका छन । 

नेपाली कांग्रेसका पाँच जना मन्त्रीले राजीनामा दिएको पाँच वटा मन्त्रालयमध्ये तीन वटामा मन्त्री नियुक्त भएका हुन् । लामाले सांसद गोविन्द लम्साललाई आन्तरिक मामिला मन्त्रालय दिएका छन् । 

सांसद माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नियुक्त गरे पनि मन्त्रालय तोकिएको छैन । नयाँ मन्त्रीहरूको आजै शपथग्रहण गर्नेगरी तयारी गरिएको छ । लामाले कांग्रेस संसदीय दलको नेताबाट मंगलबार मात्रै विश्वास गुमाएका थिए । 

संसदीय दलको अविश्वास प्रस्तावको पक्ष विपक्षमा मतदान हुँदा लामाले १५ मत मात्रै पाएका थिए । विपक्षमा २२ मत थियो ।  बागमती प्रदेश सभामा कांग्रेसका ३७ सांसद छन ।  

संसदीय दलको नेता रिक्त भएसँगै आज नयाँ नेता चयनका लागि मतदान हुँदैछ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *