काठमाडौं । नेपाली कांग्रेसकी सांसद नागिना यादवले बजेटको समयमा संसदीय समितिमा विधेयकमाथिको छलफल नराख्न आग्रह गरेकी छन् ।
मंगलबार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेकी हुन् । समयको चापलाई हेरेर समितिको बैठक राख्न आग्रह गरिन् ।
समितिमा आज नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ को सम्बधमा संशोधन प्रश्तावकर्ता सदस्यहरुसँग् छलफल थियो । संसद बैठक पनि आज नै बस्ने र बजेटको बारेमा पनि छलफल गर्नुपर्ने भएकाले बजेट सेसनमा विधेयकमाथि संसदीय समितिमा छलफल नगर्न आग्रह गरिन् । यसले संशोधनकर्ता सदस्यहरुले पनि राम्रोसँग संशोधनबारे छलफल गर्न नपाउने बताइन् ।
समितिमा पनि विधेयकलाई राम्रो बनाउनका लागि आवश्यक समय दिन नसकिने स्पष्ट पारिन् ।