मुख्य समाचार

भारत–पाकिस्तान तनावका कारण भारतद्वारा ३२ विमानस्थलबाट नागरिक उडान बन्द

भारत–पाकिस्तान तनावका कारण भारतद्वारा ३२ विमानस्थलबाट नागरिक उडान बन्द

एजेन्सी । भारत–पाकिस्तान तनावका कारण भारतले ३२ विमानस्थलबाट नागरिक उडान बन्द गरेको छ । 

भारतीय सञ्चार माध्यमका अनुसार नागरिक उड्डयन मन्त्रालय (डीजीसीए)ले देशको उत्तरी र पश्चिमी भागमा अवस्थित विमानस्थल नागरिकहरुको लागि बन्द गरेको हो । 

भारतीय विमानस्थल प्राधिकरण र सम्बन्धित उड्डयन अधिकारीहरूलाई नोटम जारी गरिएको छ । नोटममा मे १५ बिहान साढे ५  बजेसम्म विमानस्थल बन्द रहने उल्लेख छ । उधमपुर, अम्बाला, अमृतसर, अवन्तिपुरा, भटिन्डा, भुज, बिकानेर, चंडीगढ, हलवारा, हिन्डन, जैसलमेर, जम्मू, जामनगर, जोधपुर विमानस्थल बन्द गरिएको छ । 

त्यस्तै,  कान्डला, कांगडा (गग्गल), केशोद, किसनगढ, कुल्लु मनाली (भुन्तर), लेह, लुधियाना, लगायतका विमानस्थल सर्वसाधारणको लागि बन्द भएको छ । एयर इन्डियाले जम्मू, श्रीनगर, लेह, जोधपुर, अमृतसर, चण्डीगढ, भुज, जामनगर र राजकोटका उडानहरू मे १५ बिहान साढे ५ बजेसम्म रद्ध गरिएको उल्लेख गरेको छ । 

भारतले पाकिस्तान विरुद्ध अपरेशन सिन्दुरको नाममा आक्रमण गरेपछि दुवै देशहरु एक अर्का विरुद्ध कडा रुपमा उभिएका छन् । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *