स्थानीय खबर

डोटीका बासिन्दा दूषित पानी पिउन बाध्य

डोटीका बासिन्दा दूषित पानी पिउन बाध्य

काठमाडौँ । बर्खायाम सुरु भएसँगै डोटी जिल्ला सदरमुकामका नगरवासी धमिलो र दूषित पानी पिउन बाध्य भएका छन् । बजार क्षेत्रका अधिकांश घरमा आउने खानेपानी धमिलो देखिँदै आएको छ ।

दूषित पानीका कारण झाडापखाला, हैजा र छालासम्बन्धी रोगको जोखिम बढेको छ । पानी प्रसोधन गरेरमात्र उपभोग गर्नु पर्ने स्वास्थ्यकर्मी बताउँछन् । 

बर्खायाममा मुहानमा पात र माटो बगेर आउने हुँदा पानी धमिलो भएको हो । यसको दीर्घकालीन समाधानका लागि ट्रीटमेन्ट प्लान चाहिने भए पनि आर्थिक समस्याका कारण जडान गर्न नसकिएको खानीपानी उपभोक्ता समितिले जनाएको छ । 

दीर्घकालीन रूपमा खानेपानी सफा बनाउन आवश्यक योजना कार्यान्वयन भइरहेको र चाँडै सुधार हुने दिपायल सिलगढी नगरपालिकाले जनाएको छ । 

स्वास्थ्य कार्यालय डोटीका अनुसार जिल्लाका ७९ वटा नमुनामध्ये ५१ वटा मुहान दूषित भेटिएका छन् । दिपायल सिलगढी नगरपालिकाका मात्र ३१ वटा  नमुनामध्ये २९ मा इकोलाइ देखिएको थियो । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *