मुख्य समाचार

फेसबुकमा ‘सुसाइड नोट’ लेखेर सम्पर्कविहीन भए डाक्टर, खोजीमा प्रहरी

फेसबुकमा ‘सुसाइड नोट’ लेखेर सम्पर्कविहीन भए डाक्टर, खोजीमा प्रहरी

काठमाडौ । आफूले राम्रो काम गर्दा पनि आफूमाथि नै नियोजित रुपमा कारवाही थालिएको र आफू बाच्ने आधार नभएको भन्दै एक जना डाक्टर ‘सुसाइट नोट’ लेखेर बेपत्ता भएका छन्। रामेछाप अस्पतालबाट अस्पतालबाट हेटौँडा सरुवा गरिएका डाक्टर केशव श्रेष्ठ आइतबार बिहान करिब साढे १० बजेतिर फेसबुकमा ‘सुसाइड नोट’ लेखेर बेपत्ता भएका हुन्।

यतिबेला उनको उक्त पोस्ट सामाजिक सञ्जालमा भाइरल छ। आफन्त, प्रहरीलगायत सम्बन्धित निकायले उनको खोजी गरिरहेका छन्। तर, उनी भने सम्पर्कमा आएका छैनन्।

प्रहरीका अनुसार उनको एक घण्टादेखि मोबाइल स्विच अफ छ। उनको पछिल्लो लोकेशन हेरेर उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । श्रेष्ठको फोन ट्र्याक गर्दा अन्तिम लोकेसन काठमाडौंको गोपिकृष्ण हलमा देखिएको छ । त्यहाँबाट उनी सम्पर्कविहिन बनेका छन् । प्रहरीले गोपिकृष्ण आसपासका सबै सिसिटीभी फुटेजहरु मगाएर अध्ययन गरिरहेको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *