पाल्पा । पाल्पाको तानेसनमा आयोजित दोश्रो रणउजिरेश्वरी भगवती कपको उपाधी जिल्ला भलिबल संघ पाल्पाले हात पारेको छ ।
श्रीनगर भलिबल क्लबले आयोजना गरेको भगवती कप प्रतियोगितामा जिल्ला भलिबल संघ पाल्पाले फरइभर जापान जोकियो भलिबल क्लबलाई ३–२ सेटले पराजित गर्दै उपाधि जितेको हो ।
पहिलो भएसँगै जिल्ला भलिबल संघ पाल्पाले नगद एक लाख ७५ हजार, ट्रफी, प्रमाणपत्र प्राप्त गरेका छन् । उपबिजेता फरइभर जापान जोकियो भलिबल क्लबले नगद १ लाख २५ हजार ट्रफी र प्रमाणपत्र पाएको छ ।
यसैगरि महिलातर्फ निस्दी भलिबल क्लबलाई ३–० को सेटमा पछि पार्दै चण्डेश्वरी युवा क्लब रिब्दीकोट ६, ठिमुरे पहिलो भएको छ । प्रथम हुने चण्डेश्वरीले ३० हजार नगद, प्रमाणपत्र र ट्रफी प्राप्त गरेका छन् ।
दोस्रो भएको निस्दीले नगद २० हजार पुरस्कार जितेको छ ।