काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।
बैठक संसद भवन नयाँबानेश्वरमा बिहान ११ बजे शुरु हुनेछ ।
सङ्घीय संसद सचिवालयका अनुसार बैठकमा सरकार ल्याएको आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रममाथिको छलफल जारी रहनेछ ।
नीति तथा कार्यक्रममा गत सोमबारदेखि छलफल जारी छ ।