समाज

स्थानीय तहको संख्या ५ सय बनाउन छलफल शुरु भएको छः सचिव भट्टराई

स्थानीय तहको संख्या ५ सय बनाउन छलफल शुरु भएको छः सचिव भट्टराई

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेका सचिव योगेश भट्टराईले स्थानीय तह, प्रदेशलाई बढी भन्दा बढी साधन स्रोत दिएर संघीयतालाई प्रभावकारी बनाउनुपर्ने बताएका छन् । 

आज राजधानीमा आयोजित संघीयतामा बजेट सम्बन्धि कार्यक्रममा भट्टराईले अहिले पनि केन्द्रीकृत मानसिकता हावी भइरहेको र त्यसलाई संघीयता प्रभावकारी रुपमा कार्यान्वयन गरेर हटाउँदै जानुपर्ने बताए ।  सचिव भट्टराईका अनुसार स्थानीय तह, प्रदेशलाई साधन स्रोत सम्पन्न गरेर बजेट कार्यान्वयन गर्ने क्षमता बलियो बनाउनुपर्छ ।

स्थानीय तह घटाएर वडा बढाउने विषयमा छलफल भइरहेको बताउँदै संघीयतालाई प्रभावकारी बनाइँदै लगिने भट्टराईले बताए । उनले अनौपचारिक हिसावले ५ सय स्थानीय तहको संख्या बनाउनेबारे छलफल चलिरहेको भन्दै  यसबारे पार्टी भित्र छलफल गरेर निष्कर्षमा पुगिने बताए ।

आर्थिक, प्रशासनिक, राजनीति रुपमा संघीयता जोडिएको बताउँदै एमाले सचिव भट्टराईले आर्थिक, राजनीतिक रुपमा संघीयता कार्यान्वयनमा गएको भएपनि प्रशासनिक हस्तान्तरणमा अझै पुग्न नसकिएको उल्लेख गरे ।  पूर्वमन्त्री समेत रहेका भट्टराईले निजामती ऐन, प्रहरी, शिक्षा ऐन बनाएर प्रशासनिक संघीयतालाई कार्यान्वयनमा लगिने बताए ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *