मुख्य समाचार

परराष्ट्र मन्त्री राणा र राजदूत बासबिच इजरायल-इरान युद्ध तथा पछिल्लो परिस्थितिबारे छलफल

परराष्ट्र मन्त्री राणा र राजदूत बासबिच इजरायल-इरान युद्ध तथा पछिल्लो परिस्थितिबारे  छलफल

काठमाडौ । नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बासले परराष्ट्र मन्त्री डा. आरजु राणा देउवासंग भेटवार्ता गरेका छन् । भेटमा परराष्ट्र मन्त्री राणाले केही दिनयतादेखि इजरायल र इरानबीच सुरु भएको युद्ध तथा पछिल्लो समय यसबाट विकसित परिस्थितिका बारेमा राजदूत बाससँग जानकारी लिएकी छन् ।

भेटमा मन्त्री राणाले इजरायलमा रहेका नेपालीको अवस्थाबारे जानकारी लिँदै उनीहरूलाई पर्न सक्ने आवश्यक सहायता र सुरक्षित अवस्थाका लागि राजदूत बासमार्फत इजरायल सरकारलाई आग्रह गरिन् । त्यस अवसरमा राजदूत बासले हाल त्यहाँस्थित नेपाली नागरिक सुरक्षित रहेका जानकारी गराइन् ।

परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्ति प्रकाशन गरेर इजरायल र इरानमा रहेका नेपाली नागरिक सुरक्षित रहेका जानकारी गराएको थियो । पछिल्ला केही दिन इरान र इजरायलबीच विकसित घटनाक्रमका सन्दर्भमा मन्त्री डा.राणाले तेल अभिभ र दोहास्थित नेपाली राजदूतलाई आइतबार टेलिफोन सम्पर्क गरी त्यहाँस्थित नेपाली नागरिकको सुरक्षामा ध्यान दिन निर्देशन दिएकी थिइन् ।

मन्त्रालयले दुई देशबीचको द्वन्द्वलाई नजिकबाट नियालिरहेको र त्यहाँ रहेका नेपालीको सुरक्षा सुनिश्चितताका लागि नेपाल सरकारले आवश्यकताअनुसार उपयुक्त कदम चाल्ने सो विज्ञप्तिमा उल्लेख छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *