समाज

सप्तकोशीमा बेपत्ता दुई गोताखोरको खोजीकार्य बिहानैदेखि शुरु

सप्तकोशीमा बेपत्ता दुई गोताखोरको खोजीकार्य बिहानैदेखि शुरु

सप्तरी । सप्तकोशी नदीमा उद्धार अभ्यास गर्ने क्रममा बिहीबार बेपत्ता भएका दुई गोताखोरको खोजी तथा उद्धारका लागि विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारबाट ५ जनाको टोली परिचालन गरिएको छ । 

सशस्त्र प्रहरी बल नेपाल  विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टार बाट गोताखोरका अनुभवी प्रशिक्षक डिएसपी पुरुषोत्तम भण्डारीको कमान्डमा ५ जना गोताखोर टोली आज बिहान सप्तरी आइपुगेको  सशस्त्र प्रहरी बल सिमा छिन्नमस्ता बाहिनीका बाहिनीपति डिआइजी कृष्ण ढकालले  बताए । 

सशस्त्र प्रहरी बलका सह प्रवक्ता डिएसपी  शैलेन्द्र थापाका अनुसार २०६९ सालमा बङ्गलादेशबाट गोताखोर तालिम लिएका भण्डारी त्यस यता नेपालमा सञ्चालित गोताखोर तालिमका प्रशिक्षक हुन् । उनले घटनास्थल , पानीको बहाव र अन्य कुरा फिल्डमा नै नहेरी भन्न नसकिने एभिन्युज खबरलाई बताए । 

उद्धार अभ्यास गर्ने क्रममा सप्तकोसी नदीमा  बिहीबार सशस्त्र प्रहरी जवान सुरज साउद र हरदेव राजवंशी बेपत्ता भएका हुन् ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *