मुख्य समाचार

जनैपूर्णिमाको अवसरमा पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्दै भक्तजन

जनैपूर्णिमाको अवसरमा पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्दै भक्तजन

काठमाडौं । जनैपूर्णिमाको पावन अवसरमा पवित्र तीर्थस्थल गोसाइँकुण्डमा आज भक्तजनले स्नान गरिरहेका छन् । 

पवित्र कुण्डमा स्नान तथा पूजाआजा गरी धार्मिक लाभ प्राप्त गर्न नुवाकोट, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, धादिङ, धनुषा, मकवानपुर, कास्की, स्याङ्जा, तनहुँ, गोरखा, भोजपुर, रामेछाप, सप्तरीलगायत विभिन्न जिल्लाका भक्तजन एवं स्थानीयस्तरका बासिन्दाले बिहानदेखि नै स्नान तथा पूजा आराधना गरिरहेका छन् । 

समुद्र सतहदेखि चार हजार ३८० मिटर उचाइमा अवस्थित पौराणिक एवम्  धार्मिक पवित्र कुण्डमा डुबुल्की मारेपछि उकालो हिँड्दा लागेको थकान समाप्त भई आनन्दको अनुभूति हुने विश्वास छ ।

प्रतिकूल मौसमका कारण काठमाडौंबाट हेलिकप्टरमा जाने हवाई यात्रु भने प्रभावित भएका छन् । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *