जलविद्युत मार्फत विपन्नलाई सम्पन्न बनाउन सरकार लागेको छ: ऊर्जामन्त्री खड्का

रसुवा । जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जलविद्युत्मार्फत गरिब र विपन्न वर्गलाई धनी बनाउन सरकार लागिरहेको बताएका छन् ।
रसुवा जिल्लामा निर्माणाधीन र निर्माण सम्पन्न भएका जलविद्युत् आयोजनाको निरीक्षणका क्रममा बुधबार स्याफ्रुबेँसीमा आयोजित नेपाली कांग्रेसका कार्यकर्ता तथा जनप्रतिनिधिसँगको भेटमा उनले गरिब र विपन्न वर्गलाई जलविद्युत्को शेयर सुनिश्चित गर्न सरकार लागिरहेको बताए ।
रसुवा जिल्लामा मङ्गलबार र बुधबार भएको स्थलगत निरीक्षणका क्रममा मन्त्री खड्काले चालु रहेको ६० मेगावाट माथिल्लो त्रिशूली वान, २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् केन्द्र तथा निर्माण सम्पन्न भई राष्ट्रिय प्रसारण लाइनको अभावमा संरचना तयार भई उत्पादन बाँकी रहेको एक सय ११ मेगावाट रसुवागढी र ४२ दशमलव पाँच मेगावाट साञ्जेन जलविद्युत् आयोजना तथा निर्माणाधीन २१६ मेगावाट अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको स्थलगत निरीक्षण गरेका थिए ।
निरीक्षणमा रसुवा पुगेका मन्त्री खड्कालाई चिलिमे जलविद्युत् केन्द्रमा कार्यरत कर्मचारीले कर्मचारीहरूको समस्याका बारेमा जानकारी गराएका थिए । यस्तै, पार्टीका नेता तथा कार्यकर्ता र जनप्रतिनिधिले रसुवाको ऊर्जा विकासमा भएका समस्या, सिँचाइका समस्या र भूक्षयको समस्याका बारेमा मन्त्रीलाई जानकारी गराएका थिए ।
माल्दिभ्सको हरित अभियान : ५० लाख रुख रोप्ने योजना
सोमबार घरेलु मैदानमा अन्तर्राष्ट्रिय महिला फुटबल शुभारम्भ हुँदै
पाँचौं मेचीनगर गोल्डकपको लोगो सार्वजनिक
उत्तर कोरियाले करिव ६ सय फोहोरले भरिएका बेलुन सीमा क्षेत्रमा पठाएको दक्षिणको…
छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने : गृहमन्त्री लेखक
मौरिससका पूर्वप्रधानमन्त्री सम्पत्ति शुद्धीकरण मुद्दासम्बन्धी आरोपमा पक्राउ

प्रतिक्रिया