मुख्य समाचार

चिकित्सक संघद्वारा सरकारसँग भएको सहमति कार्यान्वयन गर्न माग

चिकित्सक संघद्वारा सरकारसँग भएको सहमति कार्यान्वयन गर्न माग

काठमाडौं । नेपाल चिकित्सक संघले सरकारसँग भएको सहमति कार्यान्वयन गर्न माग गरेको छ । 

प्रधानमन्त्रीको निर्देशनमा गत असार २४ गते सरकारले सङ्घसँग गरेको उपभोक्ता संरक्षण ऐन लगायत अहिलेको कानूनी तथा नीतिगत व्यवस्था संशोधनका लागि तीन बुँदे सहमति कार्यान्वयन गर्न संघले माग गरेको हो । 

सरकार र सङ्घबीच विद्यमान कानूनी एवम् नीतिगत व्यवस्थामा आवश्यक संशोधनलगायत विषयमा ११ दिनभित्र सुझावसहितको प्रतिवेदन पेश गर्नेगरी तीन सदस्यीय कार्यदल गठन भएको थियो । 

संघले निकालेको विज्ञप्तिमा सरकारकासँग भएको सहमति समयमै पालना नहुँदा भविष्यमा मौखिक वा लिखित प्रतिबद्धतामाथि विश्वास गर्ने कुनै आधार नहुने जनाएको छ ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *