मुख्य समाचार

ईयू र मेक्सिकोमाथि ३० प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

ईयू र मेक्सिकोमाथि ३० प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली संघ ईयू र मेक्सिकोमाथि ३० प्रतिशत ट्यारिफ अर्थात आयात कर लगाउने घोषणा गरेका छन् । 

आफ्नो सामाजिक सञ्जाल मार्फत मेक्सिकोकी राष्ट्रपति र युरोपेली संघकी अध्यक्ष उर्सुला भोन डेर लेयनलाई लेखिएका दुई फरक पत्र सार्वजाननिक गर्दै ट्रम्पले यो घोषणा गरेका हुन् । यो कर आउँदो महिनाको पहिलो दिन सन् २०२५ अगस्ट १० देखि लागु हुने बताइएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार इयू र मेक्सिको अमेरिकाका दुई ठूला व्यापारिक साझेदार भएकाले ट्रम्पको यो निर्णयले अमेरिकाको व्यापारिक सम्बन्धमा ठूलो प्रभाव पार्न सक्ने बताइएको छ । ईयू र अमेरिकाको व्यापार सन्तुलन पूर्ण रूपमा एकतर्फी छ र अमेरिकालाई हानि पुर्‍याइरहेको ट्रम्पको दाबी छ । मेक्सिको उत्तर अमेरिकालाई लागूपदार्थ तस्करीको खेलमैदान बन्नबाट रोक्न असफल भएकाले कर लगाइएको ट्रम्पको भनाइ छ । 

अमेरिकाका कुनै पनि व्यापारिक साझेदारले जवाफी कारबाही गरेमा उनले झन् धेरै ट्यारिफ लगाउने चेतावनी दिएका छन् । ट्रम्पले यो हप्ता अमेरिकाले अगस्ट १ देखि जापान, दक्षिण कोरिया, क्यानडा र ब्राजिलबाट आयातित सामानमा नयाँ कर लगाउने बताएका थिए ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *