समाज

सुनचाँदीमा लगाइएको विलासिता कर खारेजीको माग गर्दै आन्दोलनको घोषणा

सुनचाँदीमा लगाइएको विलासिता कर खारेजीको माग गर्दै आन्दोलनको घोषणा

काठमाडौं । सुनचाँदी व्यवसायी तथा कालिगढहरुले चरणवद्ध आन्दोलनको घोषणा गरेका छन् ।  

सरकारले बजेटबाट सुनको गहनामा अनिवार्य दुई प्रतिशत विलासी कर र हिराका गहना भ्याट प्रणालीमा लैजाने भएपछि फिर्ता हुनुपर्ने माग गर्दै आन्दोलनको घोषणा गरेका हुन् । 

नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले यहि जेठ २५ गते न्यूरोडमा विलासी कर र हिराको गहनाको भ्याट फिर्ता गर्नुपर्ने माग गर्दै शान्तिपूर्ण प्रर्दशन गर्ने जनाएको हो । न्यूरोड गेटबाट शुुरु हुने शान्तिपूर्ण विरोध प्रर्दशन इन्द्रचोकमा पुगेर सभामा परिणत हुने जनाइको छ । 

स्वरोजगार कला र सीपसँग जोडिएको पेशालाई प्रोत्साहान गर्नुको सट्टा कानूनले नगदको रुपमा मानेको सुनलाई विलासीताको वस्तुको रुपमा कर लगाउँदा सुनको मूल्य अझ बढन् गई उपभोक्ता देखि व्यवसायी मारमा पर्ने व्यवसायीहरुको भनाई छ । 

घरेलु कला र सीपमूलक सुनचाँदी पेशाबाट हजारौ कालिगढको परिवारको रोजिरोटी चलेको भन्दैं सरकारले सुनचाँदी पेशाबाटनै पलायन गराउने ढंगबाट काम गरेकाले आफुहरु बाध्य भएर सडकमा आउनुपरेको नेपाल राष्ट्रिय सुनचाँदी कालिगढ संघका अध्यक्ष अर्जून विश्वकर्माले वताए ।  

सरकारले बजेट भाषणबाट सुनको खरिद विक्रीमा अनिवार्य दुई प्रतिशत कर लगाउदा सुन तोलामा ४ हजार बढी तिर्नुपर्ने हुन्छ । यसबाट उपभोक्ता र व्यवसायी दुवै मारमा पर्ने र व्यवसायबाट समेत पलायन हुने व्यवसायीहरुले बताएका छन् । अहिलेको बजेट भाषणबाट २० हजार भन्दा बढी सुन व्यवसायी र डेढ लाख भन्दा वढी कालिगढहरुको रोजगार खोसिने समेत सुनचाँदी व्यवसायीहरुले बताएका छन् ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *