मुख्य समाचार

अमेरिकाद्वारा जापानमाथि लगाउँदै आएको अतिरिक्त करको दायरा घटाउने निर्णय

अमेरिकाद्वारा जापानमाथि लगाउँदै आएको अतिरिक्त करको दायरा घटाउने निर्णय

एजेन्सी । अमेरिकाले जापानमाथि लगाउँदै आएको अतिरिक्त करको दायरा घटाउने निर्णय गरेको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै जापानबाट आउने कारहरूमा लगाउँदै आएको अतिरिक्त भन्सार महसुल घटाएको जानकारी दिएका हुन् । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार यसअघि साढे २७ प्रतिशत रहेको अतिरिक्त कर घटाएर १५ प्रतिशतमा झारिएको हो । अमेरिकाको यो निर्णयले टोयोटा, होन्डा र निसान जस्ता कम्पनीहरूलाई ठूलो राहत मिलेको छ । 

अमेरिकाले गत जुलाइमा मात्र जापानको कारहरुमा अतिरिक्त कर निती लागुु गरेको थियो । ह्वाइट हाउसका अनुसार जापानले पनि अमेरिकामा ५ खर्ब ५० अर्ब डलर लगानी गर्ने र आफ्नो बजार बिस्तारै बिस्तारै अमेरिकी सामानका लागि खुलाउने सहमति जनाएको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *