काठमाडौं । झापाको दमक–४ चियाबगानस्थित आज बिहान सवारी दुर्घटनामा परी साइकलयात्रीको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्गमा उर्लाबारीबाट दमकतर्फ आउँदै गरेको प्रदेश नं १–०१–००१ ख ४३६३ नम्बरको यात्रुबाहक बसले दमकबाट ताराबारीतर्फ जाँदै गरेको साइकलयात्रीलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दुर्घटनामा परी साइकलयात्री दमक–४ घरघरेका ६० वर्षीय सोमबहादुर विकको मृत्यु भएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते भएका विकलाई उपचारका लागि दमक अस्पतालमा लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको हो ।