एजेन्सी । पश्चिमी अफ्रिकी मुलुक बुर्किना फासोको एक सैन्य अखडामा एक सशस्त्र समूहले आक्रमण गर्दा ५० जना सैनिकको मृत्यु भएको छ ।
उक्त घटनामा दर्जनौं घाइते भएका छन् । बुर्किना फासोको जमात नस्र अल इस्लाम वाल नामको आतंकबादी समूहको हात रहेको हुन सक्ने आशंका गरिएको छ । तर घटनाको जिम्मेवारी हालसम्म कसैले लिएको छैन ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार हतियारधारी समूहले सो सैन्य अखडामा प्रवेश गरी अन्धाधुन्ध गोली प्रहार गरी सैन्य अखडामा आगजनी समेत गर्नुका साथै सैन्य सामग्री समेत लुटपाट गरेका छन् । सयभन्दा बढीको संख्यामा आएक हतियारधारी समुहमाथि सेनाले प्रतिकार गरेतापनि उक्त समुहतर्फ भने कुनै मानविय क्षति भएको छैन ।
घटना लगत्तै सरकारले देशभरको सुरक्षा ब्यबस्था कडा तुल्याउनुका हजारौं सेना परिचालन गरिएको छ । फुर्किना फासोमा पछिल्लो समय सो आतंकबादी समुहले आतंकबादी गतिबिधि गर्दै आएको बुझिएको समाचारमा उल्लेख छ ।