समाज

रौतहटमा गाडीको ठक्करबाट १ जनाको मृत्यु, स्थानीयद्वारा राजमार्ग अवरुद्ध

रौतहटमा गाडीको ठक्करबाट १ जनाको मृत्यु, स्थानीयद्वारा राजमार्ग अवरुद्ध

काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिका–१ मंगलपुरमा गाडीले ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका अनुसार बिहीबार (आज) बिहानै भएको उक्त दुर्घटनामा मंगलपुरका ३५ वर्षीय बुद्ध लिम्बुको मृत्यु भएको हो । 

लिम्बुलाई पहिचान नखुलेको गाडीले ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनापछि स्थानीयले राजमार्ग अवरुद्ध पारेका छन् । 

मृतक लिम्बुको शव घटनास्थलमै रहेको स्थानीयले बताएका छन् । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *