समाज

घरमा आगलागी हुँदा एक महिलाको जलेर मृत्यु

घरमा आगलागी हुँदा एक महिलाको जलेर मृत्यु

काठमाडौं । गुल्मीको धुर्कोटमा घरमा आगलागी हुँदा महिलाको मृत्यु भएको छ । 

धुर्कोट गाउँपालिका–५ वस्तुकी ७० वर्षीया मनिदेवी विकको घरमा आगलागी हुँदा ३० वर्षीया छोरी जुना विकको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार विकको ढुङ्गा माटोले बनेको एक तल्ले कच्ची घरमा अचानक आगलागी हुँदा मानसिक सन्तुलन ठिक नभएकी छोरीको मृत्यु भएको हो । 

आगलागी स्थानीय र प्रहरीले नियन्त्रणमा लिएका छन् ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *