काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले दुई बुँदे सहमतिको नाममा प्रतिपक्षी दलहरुलाई धोका दिएको बताएका छन् ।
सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरुसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले रास्वपाले भिजिट भिसा र अध्यागमनको विषयलाई लिएर आन्दोलन गरिरहेको र प्रतिपक्षको तर्फबाट माओवादीले गरेको सहमति झारो टार्ने काम भएको बताए ।
सरकारले मानव बेचबिखनको मुद्दालाई गम्भीरताका साथ नलिएको बताए । सुशासनमा एउटा कदम अघि बढौँ भन्दा कुनै सुनुवाई नभएको गुनासो रास्वपाको छ ।
उनले गृह मन्त्रीको राजीनामाबाट आफूहरु पछि नहटेको बताए । सदनको काम कारबाहीमा रास्वपा जिम्मेवार रहेको बताए । आफूहरुले बुझाएका पाँच बुँदामा सहमति र उच्चस्तरीय छानविन समिति नबनाएसम्म सदन चल्न नसक्ने बताए ।